BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartKOICH BISES
|
|
सुनुवार सेवा समाज र खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल हुने
काठमाडौं, माघ ८ (अखबार नेपाल
।
प्रज्वल शाक्यको नेतृत्वमा खेलकुद पत्रकार मञ्च (खेप मञ्च
र सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा यही आउँदो शनिवार जावलाखेल खेल मैदानमा मैत्रीपूर्ण फुटबल हुने भएको छ । यस मैत्रीपूर्ण फुटबलमा आम खेलप्रेमी कोइँच सुनुवारहरुलाई यही आउँदो शनिवार माघ १३ गते शनिवार दिनको ३ बजे जावलाखेल खेलकुद मैदानमा उपस्थित भई कोइँच खेलाडीहरुलाई हौसला प्रदान गर्न समेत सुनुवार सेवा समाजले अह्वान गरेको छ । गत हप्ता सुनुवार सेवा समाज विरुद्ध आदिवासी जनजाति आन्दोलनकर्मीहरुबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।
आदिवासी जनजातिविज्ञ तथा आन्दोलनकर्मी डा. कृष्णबहादुर भट्टाचनको नेतृत्वमा सुरु भएको सो मैत्रीपूर्ण खेल अभियानले विस्तारै मूर्तरुप लिँदै आएको छ । सुरुको संस्करणमा आदिवासी जनजाति खेलाडीहरु खेल मैदानमा उपस्थित हुन हम्मे हम्मे परेको थियो भने सबै खेलप्रेमीहरुलाई अनुरोध गर्दै खेलको सुरुआत किर्तिपुरस्थित युनिभर्सिटी खेल मैदानबाट आरम्भ गरिएको थियो । डा. भट्टचनको यस अभियानले विस्तारै आदिवासी जनजातिमा पनि नयाँ रौनक थपेको अनुभव विज्ञहरुको छ । यस प्रतियोगिताको लागि सामुयल सुनुवारको व्यवस्थापन रहेको छ ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
2 Comments


Oops!
Oops, you forgot something.