BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartRegarding Manthali Airport
|
|
अमृत सुनुवार, १५माघ २०७१
रामेछाप एयरर्पोटमा हाल कालोपत्रेको काम भईरहेको छ । १५ महिनामा
सम्पन्न गर्ने गरी २०७० पौष ११ गते बाट कालोपत्रेको लागी काम थालनी
गरिएको थियो । भ्याट बाहेक ३,०३,५१,९०५÷– रुपैंयाको लागत मा कालिका
थोदुङ जोईन्ट भेन्चर ले कालोपत्रेको काम गरिरहेको छ । हाल सबवेशको काम
सकेर केही समयको लगी उडानको अनुमती दिइएको छ । एयरर्पोटका कार्यलय
प्रमुख केदार प्रसाद सत्याल ................................।
रामेछाप बाट साप्ताहिक रुपमा शुक्रबार तारा एयरलाइन्स ले काठ्माडौंको उडान
गरिरहेको छ, भने काष्टमाण्डप, गोमा, तारा, मकालु एयरलाइन्स ले लुक्लामा
कार्गोको उडान गरिरहेको छ । प्राबिधिक रुपमा निकै राम्रो मानिने यो
एयरर्पाेट २०३६ साल बाट सुरु भएको थियो । तत्कालिन माननिय नबराज सुबेदी
को नेतृत्वमा निमार्ण गरिएको एयरर्पोटका लागी मन्थली, चिसापनी, भलुवाजोर
र भटौलीबाट प्रत्येक घरका एक जना ले १५ दिन श्रमदान दिएका थिए । एयरर्पोट
संचालन भएको ३४ बर्ष पछी कालोपत्रे भइरहेको छ । २५१ रोपनी क्षेत्रफल मा
फैलिएको उक्त एयरर्पाेट, काठ्माडौं बाट ४१ एन.एम मात्र टाढा रहेको छ ।
काठ्माडौं लगाएत पुर्बी क्षेत्रका कुनै एयरर्पोटमा समस्या आए तत्कालको लागी
बैकल्पिक एयरर्पोटको रुपमा पनी यस एयरर्पोटलाई प्रयोग गरिदै आएको छ ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.

Oops!
Oops, you forgot something.