BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartRamechhap Jillako Jilla Parisad Sampanna
|
|
अमृत सुनुवार, २ मार्च २०१५
रामेछाप जिल्लाको २० औ जिल्ला परिषद सम्पन्न भएको छ । परिषदमा स्थानिय
बिकाश अधिकारी टेकराज निरौलाले चालु आर्थिक बर्ष २०७०÷७१ मा गरिएको
कार्यक्रमको समिक्षा गर्दै आगामी आर्थिक बर्ष २०७२÷०७३ को लागी ९५ करोड
४० लाख ७१ हजार रुपैयाँ को प्रस्ताबित बजेट प्रस्तुत गर्नु भएको थियो ।
बिषयगत कार्यलय र साझेदार निकाय समेतको बजेट जोड्दा उक्त रकम २ अर्व ९०
करोड ३४ लाख ४ हजार रुपैयाँ पुग्ने पनी उहाले बताउनु भयो । जिल्ला विकास
समितिले पुर्बधार तर्फ ७ वटा क्षेत्रलाई प्रथमिकतामा राखेको छ । जसमा सडक,
सिंचाई, खानेपानी, झोलुङ्गे पुल, शहरी विकास, फोहोरमैला ब्यबस्थापन, र
साना जलबिद्युत रहेका छन् । जिल्ला बिकास समितिको सभाहल मा सम्पन्न परिषदमा
अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथ्यता र स्थानिय बिकाश अधिकारी टेकराज
निरौलाको अध्यक्षयता रहेको थियोे । कार्यक्रममा शिक्षा , स्वास्थ्य ,
खानेपानी, बिद्युत, ,बैकल्पीक उर्जा, सुचना तथा संञ्चार, यातायता , झोलुङ्गे
पुल , नागरीक वडापत्र , बिकाश निमार्ण , महिला तथा बालबालीका , अपाङ्गता ,
समाजीक सुरक्ष भत्ता , लगाएतका क्षेत्रको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो
। कार्यक्रममा पोहोर तुलनामा चालु आर्थिक बर्षमा आयकर राजस्व ६४ प्रतिशत
मा बृद्धि भएको बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका सभाषद, पुर्ब
सभासद, प्रमुख जिल्ला अधिकारी, पुर्व मन्त्री , बिभिन्न राजैतिक दलका पाटि
प्रतिनिधि , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्र्रतिनिधि , शिक्षक ,
बुद्धिजीबि ,नगरीक अगुवा , सुरक्षा निकायका प्रमुख, प्रत्रकार लगाएको सहभागीता
रहेको थियो । साथै कार्यक्रममा कास्यपदक बिजेता खेलाडी भगवति माझी ,
लगाएत जिबिसबाट बिभिन्न क्षेत्रमा रहेर महत्वपुर्ण योगदान पु¥यानु हुने
ब्यत्तित्व तथा एसएलसीमा जिल्ला बाट प्रथम स्थान हासिल गर्ने समुदायिक तथा
संस्थागत बिद्यालयका छात्र तथा छात्रा लगायतलाई प्रमुख अथिती अर्थमन्त्री डा रामशरण
महतबाट नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.

Oops!
Oops, you forgot something.