BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartChandeshowri Running Cup got help from Cap. Mr. Jay Prakash SUnuwar
|
|
अमृत सुनुवार, १ मार्च २०१५
चण्डेश्वरी रनिङकप महिला भलिबल को लागी ब्रिटिशआर्मीका भुपु क्याप्टेन जय
प्रकाश सुनुवार ले रु. ६०,०००÷– सहयोग गर्नु भएको छ । तेस्रो पटक हुन
लागेको रनिङशिल्डको लागी अफगानिस्थान बाट उहाँले उक्त सहयोग रकम पठाउनु
भएको आयोजक संस्थाका संस्थापक अध्यक्ष तथा खेल संयोजक जगत बहादुर सुनुवार
ले बताउनु भयो । स्थानिय महिला हरुको खेलक्षेत्रमा बिकास होस भन्ने उदेश्यका
साथ चण्डेश्वरी युवा क्लब रामेछाप काठ्माडौं सम्पर्क समितिले २०६९ साल देखी
खुल्ला महिला भलिबल प्रतियोगिता गराउदै आएको छ । आगामी बैशाख १५ गते
देखी १८ गते सम्म रामेछापको रस्नालुमा तेस्रो संस्करण को खेल संचालन हुने
भएको छ । पहिलो बर्ष रामेछाप को सदरमुकाम मन्थली, दोस्रो बर्ष प्रिती
गाबिस मा सम्पन्न भएको थियो भने तेस्रो बर्षको खेल रस्नालुमा हुने भएको
हो । रामेछाप जिल्लाका बिभिन्न गाबिस र आसपासका जिल्लाबाट सहभागी हुने उक्त
प्रतियोगिताबाट पहिलो र दोस्रो दुबै बर्ष को उपाधि न्यु डाईमण्ड
एकेडेमी काठमाडौं हात पारेको थियो । प्रतियोगितामा प्रथम, द्घितिय, र
तृतिय हुने समुह लाई क्रमस नगद रु.५१,५००÷–,२५,५००÷–, १५,५००÷– साथै
रनिङकप, कप, मेडल, प्रमाणपत्र, बितरण गरिने आयोजकले जनाएको छ । त्यसै
गरी सान्तोना पुरुस्कार स्वरुप चौथो हुने समुहलाई नगद रु ८,५००÷– सहित कप,
प्रमाण पत्र सहित बिभिन्न आकर्षक पुरुस्कारहरु पनी रहेको आयोजक संस्थाका
संस्थापक अध्यक्ष तथा खेल संयोजक जगत बहादुर सुनुवारले बताउनु भएको छ ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.