BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartUpdate from Bhujee
|
|
मिति २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पको कारण रामेछाप जिल्लाको भुजी गा.वि.स.का ९५ प्रतिशत घरहरु पूर्णरुपमा भत्कि सकेका छन् भने उक्त भुकम्पबाट हाल सम्म भुजी गा.वि.स.वडा नं.४ का मनमाया सुनुवार, वडा नं.९ का देउराम सुनुवार गरी दुई जनाको मृत्यु भएको छ ।
भुकम्पको कारण उक्त गा.वि.स.मा पिउने पानीको लाईन पूर्ण रुपमा अवरद्ध भएको, भुजीको महत्वपूर्ण धार्मिक स्थाल चण्डीथान पूर्ण रुपमा भत्किएको, रामजी थानको अधिकांश भाग भत्किएर झरेको र माईक्रो हाईड्रोमा समेत ठूलो क्षति पुगेको कारण स्थानीय वासिन्दाहरु अन्धकारमा रात गुजारी रहेका छन् । बत्ति नभएको कारणले गर्दा मोवाईल तथा टेलिफोन लाईनहरु पूर्णरुपमा अवरुद्ध भएकोले मानवीय तथा भौतिक क्षेती सम्बन्धमा स्थानीय प्रशासन तथा संचार माध्यमहरु सम्म विस्तृत जानकारी पुराउन नसकिएको र हाल सम्म कुनै पनि निकायबाट राहात तथा उद्धारको कार्यहरु हुन सकिरहेको छैन । घरहरु पूर्णरुपमा भत्किनुका साथै भारी वर्षाका कारण घरमा रहेको अन्न, लत्ता कपडा समेत निकाल्न नपाएको र स्थानीय स्तरमा जम्मा ३ वटा मात्र पसलहरु रहेकोले खाद्यान्न अभाव देखिन थालेको छ । सामुहिक वसोवासका कारण विभिन्न किसिमका महामारी तथा संक्रमणहरु बढ्न सक्ने सम्भावना रहेको भएता पनि स्थाीनय वासिन्दाहरुले उचित स्वास्थ्य सेवा समेत प्राप्त गर्न सकिरहेका छैनन् ।
आज भुकम्प गएको तेश्रो दिन विति सकेको भएता पनि स्थानीय वासिहरु भुकम्पको त्रासका कारण फुटबल चौर, कोलडाँडा हाट लगाएतका खुला र सुरक्षीत स्थानहरुमा सामूहिक रुपमा वसोवास गर्दै आईरहेका छन् । पटक पटक फोन सम्पर्क गर्दा पनि स्थानीय ब्यक्तिहरुसँग सम्पर्क हुन नसकेकोले थप विवरणहरु प्राप्त गर्न सकिएको छैन ।
(श्रोतः भुजी गा.वि.स. वडा नं. ५ का स्थानीय वासिन्दा हरीकाजी श्रेष्ठ![]()
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
4 Comments


Oops!
Oops, you forgot something.