WELCOME TO OUR NEWS & FEATURES SIDE
ललितपुर, बैशाख २८ । आदिबासी जनजाती कप फुटबल २०७३ अन्तर्गत आज तीन खेलहरु सम्पन्न भएका छन् जसमा सुनुवार अञ्चल, दुरा समाज र लिखु भुजी विजयी विजयी भएका छन् । आज चार वटा खेल खेलाइने भनिए पनि खराब मौसमका कारण एक खेल स्थगित गरी भोलि दिउँसो १ बजेका लागि खेलाइने आयोजक समितिले जनाएको छ । हिलाम्मे मैदानमा दिउँसो खेलाइएको खेलमा लिखु भुजीले किरात राई स्पोर्ट्स क्लवलाई १–० गोलले पराजित गर्दै प्रि क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।खेलको ६३औं मिनेटमा लिखु भुजीको तर्फबाट निर्णायक गोल भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएपनि अन्तत लिखु भुजीले नतिजा आप्mनो हातमा पार्न सफल भयो । यस अघि उद्घाटन खेलमा वालिङ युवा क्लब प्रि क्वार्टरफाइनलमा प्रवेस गरेको छ । प्रतियोगितको भोली विहान ७ बजे सुनुवार विद्यार्थी समाज र मंगोलियन युवा क्लबबीच भिडन्त हुनेछ भने दोस्रो खेल बिहान ९ बजे सुनुवार सेवा समाज ललितपुर र आयोजक कोइच स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी बेलुका ३ बजे रस्नालु युनाइटेड र नेवा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
गोर्खा वेल्फेयर स्किमको सहयोगमा घर निमाण हुदै
ब्रिटिश आर्मीका भुपु गोर्खाहरुलाई गोर्खा वेल्फेयर स्किमले घर निमार्णमा
सहयोग गर्ने भए पछी अहिले भुपु आर्मीहरु घर बनाउन मा ब्यस्त छन् । दुई
कोठे तला नभएको बलियो घर बनाउदै गरेको बताउछन् रामेछाप रस्नालुका भुपु
ब्रिटिश आर्मी टेन जिआरका २११५३९८५ टोप बहादुर सुनुवार ।
भुकम्पले घर
भत्काए पछी घरबार बिहिन भएका भुपु आर्मीलाई एरिया वेल्फेयर सेन्टर जिरी
मार्फत रामेछाप दोलखा र ओखलढुङ्गा जिल्लाका बस्तिहरुमा घर निर्माणको लागी
आर्थिक सहयोग गरेको हो । झण्डै २५० भन्दा बढी घरहरु निर्माण गर्न लागेको
एरिया वेल्फेर सेन्टर जिरीले हाल ८५ घर लाई रकम बितरण गरि सकेको छ । ८५
घर मध्ये कतीपय घर निमार्ण भईसकेको र कतीपय घर निर्माण हुदै गरेको
एरिया वेल्फेयर सेन्टर जिरीले जनाएको छ । बाँकी घरहरु क्रमिक रुपमा बनाउदै
जाने पनी स्रोतले जनाएको छ ।
एरिया वेल्फेयर सेन्टर जिरीले
२९ माघ, अमृत सुनुवार
गोर्खा वेल्फेयर सेन्टरले दोलखा जिल्लाको जिरी नगरपालिका स्थित ब्रिटिश
आर्मीका भुपु धर्मसिंह तामाङलाई भुकम्प प्रतिरोधात्मक घर निमार्ण गरी
हस्तान्तरण गरेकोे छ । गत बैशाखमा गएको भुकम्पबाट
घर भत्किएपछी तमाङ लाई
एरिया वेल्फेयर सेन्टर जिरीले उक्त घर निर्माण गरी हस्तान्तरण गरेको हो ।
सेभेन जिआर २११४७४९३ नम्बरका भुपु तमाङ परिवार घर भतिकएपछी बस्ने घर नभई
अती दुख पाएको देखेर घर बनाईदिएको एरिया वेल्फेयर सेन्टर जिरीका सहायक
प्रमुख मिनराज चन्दले बताए । एरिया वेल्फेयर सेन्टर जिरीले ब्रिटिश आर्मीका
भुपु हरुको लागीे रामेछाप, दोलखा, र ओखलढुङ्गाका केही भागमा २५० भन्दा
बढी घरहरु निमार्ण गरिरहेको छ । निमार्णाधिन प्रति घरको लागी झण्डै आठ
लाखको लागत लाग्ने एरिया वेल्फेयर सेन्टर जिरीका प्रमुख श्याम कुमार राईले
बताउनु भयो । वेल्फेयरले नेपाल सरकारको नक्सा अनुरुपको २ कोठे घर
भुपुहरु लाई निमार्ण गरिहेको छ ।
KHIMTEE WON MALE VOLLEYBALL TITLE
अमृत सुनुवार, ३० पौष
रामेछाप जिल्ला स्तिरिय पुरुष भलिभल प्रतियोगिता आज सदरमुकाम मन्थलीमा
सम्पन्न भएको छ । भलिभल प्रतियोगिताको समापन समारोह लाई सम्बोधन गर्दै
पुर्ब प्रधानमन्त्री झलनाथ खनालले अब मुलुक पुन निर्माण र
आर्थिक प्रगतीको
युग तर्फ प्रबेश गरेको बताए । रामेछाप जिल्ला खेलकुद बिकास समितिद्घारा
आयोजित प्रतियोगितामा प्याराडाईज युथ क्लब खिम्ती प्रथम, मन्थली युनाईटेड
क्लब मन्थली द्घतिय र शिवालय चुचुरे तृतिय भएका छन् । बिजयी टिमलाई क्रमश,
५१,५००÷– प्रथम, ३१,५००÷– द्घतिय र २१,५०० तृतिय नगद पुरुस्कार सहित शिल्ड,
मेडल प्रमाण पत्र बितरण गरिएको थियो । साथै सान्तोना पुरुस्कार स्वरुप नवद्घिप
युवा समाज सैपुलाई नगद रु १०,५००÷– सहित प्रमाण पत्र बितरण गरिएको थियो
। पौष २७ गते देखी पौष ३० गते सम्म संचालन भएको प्रतियोगितामा
जिल्लाका बिभिन्न स्थानबाट १५ टिमको सहभागिता रहेको थियो ।
DRINKING WATER PROJECT AT BHUJEE
अमृत सुनुवार, २२ मार्च २०१५
रामेछापको भुजीमा गोर्खा वेल्फेयर स्किम बाट खानेपानी परियोजनाका काम
भइरहेको छ । देबिथानको मुहान हुदै वडा नं. ४,६,र ७ का ९९ घर धुरीको
लागी परियोजना संचालन गर्न लागिएकोे गोर्खा वेल्फेयर स्किम ग्रामिण
खानेपनी तथा सरसफाई कार्यक्रमका सामाजिक परिचालिका शारदा सुनुवारले
बताउनु भयो । सन १९९३÷९४ मा जि डब्लु एस बाट नै निमार्ण भएको खानेपनी
परियोजना जिर्ण भएपछी पुन खानेपानीको लागी स्वर्गिय भुपु ब्रिटिस आर्मी
अमृत बहादुर सुनुवार ले गोर्खा वेल्फेयर स्किममा निबेदन पेश गर्नु भएको
थियो । परियोजना परेपछी हाल भुपु ज्ञानेन्द्र कुमार सुनुवार को स्पोन्सर
काम भईरहेको छ , भने सहजताको लागी हेमन्त कुमार सुनुवारको अध्यक्षता ११
सदस्यिय देबिथान खानेपानी तथा सरसफाई स्वास्थ समिति पनी गठन गरिएको छ ।
RAMBIRA SCHOLARSHIP 2072
अमृत सुनुवार, ७ पौष
रामेछाप भुजीको कास्थेम माध्यमिक बिद्यालय बाट यसपालीको एस.एल.सि. परिक्षामा
उत्तिर्ण, उत्कृष्ट दुई बिद्यार्थीलाई छात्रबृद्घी प्रदान गरिएको छ । उत्कृष्ट
बिद्यार्थीको नाम घोषणा गर्दै बिद्यालयका प्रअ हेमन्त सुनुवारले गर्नु भएको
थियो ।
ब्रिटिश गोर्खाका भुतपुर्ब क्याप्टेन जय प्रकास सुनुवार र उहाँकी पत्नी
रामबिरा सुनुवार द्घारा स्थापित कोषबाट उक्त छात्रबृद्घी प्रदान गरिएको हो ।
छात्रबृद्घी रु. ७,०००÷–(सात हजार का दरले छात्र तर्फ दाउद बसेल र छात्रा तर्फ
कञ्चन सुनुवारले पाएका छन् । बिद्यार्थी हरुको पढाईमा हौसला प्रदान होस
भन्ने उदेश्यका साथ २०७१ सालमा, छात्रबृद्घीका लागी दाता द्घयले संयुक्त रुपमा एक
लाख एघार हजार एक सय एघार रुपैयाँ को कोष सोही बिद्यालयमा स्थापना
गरिदिएका थिए ।
EARTHQUAKE UPDATE FROM NAMADI
अमृत सुनुवार, १६ मे २०१५
यो बर्षको महाभुकम्पले पानी स्रोत हरुमा पनी असर पु¥याएको छ । साबीको
मुहान हरु परिबर्तन हुदा स्थानिय मारमा परेका छन । रामेछाप जिल्ला नामाडी
गाबिस आरुबोटेमा पनी यस्तै समस्या देखिएको छ । झण्डै साँढे तिन किलोमिटर
टाढा जुकेपानी मुहान हुदै ल्याइएको खानेपानी मुहान परिबर्तन भएपछी यस्तो
समस्या भएको स्थानिय कमल सुनुवार बताउँछन । २० घर धुरी का लागी कादुरीले
१२ बर्ष अघी उक्त खानेपानी परियोजना निमार्ण गरिदिएको थियो ।
KATHMANDU TO BHUJEE- SUMO SANCHALAN
अमृत सुनुवार, मार्च–३, २०१५
रामेछापको भुजीमा हिमगंगा सुमो यातायात संचालनमा आएको छ । यातायात
संचालनमा आएपछी सदरमुकाम मन्थली राजधानी काठ्माडौ लगाएत बिभिन्न ठाऊँमा
आवत जावत गर्न सजिलो भएको छ । बिगतमा गाडी चड्न घण्टौं लगाएर ढाँडे,
धोवी, शिरिषे, जिरी, खिम्ती जस्ता अन्यत्र ठाँऊ जानु पर्ने समस्या बाट मुक्त
हुदा भुजी बासी निकै खुसीे छन् । सामान ओसार पसार गर्न र आपतकालिन
अबस्थाको लागी पनी निकै सुबिधा भएको स्थानिय बासी भोजराज सुनुवारले
बताउनु भयो । बिहान काठ्माडौं बाट ५ः०० बजे र भुजी बाट ५ः३० बजे छुट्ने
सुमोमा काठमाडौं भुजीको भाडादर रु.१२००÷– कायम गरिएको संचालक समितिले
जनाएको छ ।
KASTHEM MA VI CELEBRATE- PARENTS DAY 2012
रामेछाप जिल्लाको दुर्गम गा.वि.स. भुजीको एक मात्र मा.वि विद्यलय श्री कास्थेम् मा.वि.द्वारा अविभावक दिवसको अवसरमा आयोजित अविभावक भेला अविभावक एवं विद्यार्थी, स्थानीय समाजसेवि, विद्घिजिविहरुको उपस्थितिमाझ भब्यताका साथअविभावक दिवसको दिन सोही विद्यालयको प्रङ्गणमा सम्पन्न भयो।
सोही अवसरमा उक्त विद्यालयमा अन्य विद्यालयबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भब्य स्वागत गरी शैक्षिक सत्र २०६८ मा विद्यालयको विभिन्न कक्षाका प्रथम्, द्वितिय र तृतिय स्थान प्राप्त गर्नुहुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । उत्त विद्यालयमा हाल ४२९ जना विद्यार्थीहरु अध्ययनरत रहेको र विद्यालयले निकट भविष्यमै कम्प्युटर तालिम समेत सञ्चालन गर्ने सोच राखेको हुदा ईच्छुक दाता महानुभावहरुलाई सहयोगको लागि विद्यालयका प्रधान अध्यापक हेमन्त कुमार सुनुवारले अपिल गर्नु भएको छ । हाल सम्म भुजी गा.वि.स. वडा नं ७ का प्रकास सुनुवार, सुसेस अध्यक्ष मन प्रसाद सुनुवार ले २ थान कम्प्युटर उपलब्ध गराई सक्नु भएको जानकारी समेत दिनु भएको थियो । रामेछाप जिल्लाकै नमुना विद्यालयको रुपमा ल्याउनको लागि विद्यालयलाई आवश्यक सहयोग जुटाउने स्थानीय अविभावक, समाजसेवी एवं बुद्घिजिवीहरुले प्रतिवद्घता जाहेर गरेका छन् । गत बर्षको प्रवेशिका परीक्षामा ३९ जनामा ३८ जना उत्तीर्ण गराउन सफल यस विद्यालयले आगमी दिनहरुमा सत प्रतिशत नतिजाको लागि ध्यान केन्द्रित गरिरहेको कुरा समेत अभिब्यक्त गरिको थियो ।
HEARTFELT CONDOLENCE
लिखु भुजी रामेछाप युवा क्लब आधछ्य श्री शेर कुमार सुनुवारको पिता श्री चक्र बहादुर सुनुवार को 29/04/2012 मा दु:खदमय निधन भएको हुँदा अन्ध्यारोमा पर्नु भएको परिवारलाई दु:खसँग संघर्स गर्ने शक्ती दिउन ईश्वरले र हामीलाई सदाको लागि बिदाइ लिएर जानु हुने सोर्गिय पिताको आत्मामा शान्ती छाओस। आदर्णिय पिता तपाईं जहाँ जानु भयो त्यहाँ हामी नि तपाईंलाई खोज्दै आउने छौं छिटो-ढिलो को कुरा मात्रै हो, तपाईं जती टाढा हुनुभय नि तपाईं हाम्रो हृदयमा रहनुहुनेछ।
-लिखु भुजी रामेछाप युवा क्लब परिवार
J.P. Sunuwar Local Rising Future Star Award पाउदा खुशीको सीमा नै रहेन -Rising Star Rajesh
दीपक सुनुवारको नेत्रीत्तो मा खेल उत्कृष्ट थियो-Rising Star
Rajesh
खानु,लाउनु अनी बस्नु मात्र कहाँ हो जिन्दगी ? हामी लिखुभुजी रामेछाप युवा क्लव फेरी अर्को पटक हार्दिक आभार गर्दछौ हाम्रो नयाँ पिडिलाई हर्दम् उत्साह अनी उमङ प्रदान गर्दै आउनु भएकोमा हजुर भु पु कप्तान जयप्रकाश सुनुवार मा। ढीलै भएनी हामीले आज J.P. Sunuwar Local Rising Future Star 2014 at BHUJEE LEAGUE. Yes, we are talking with our young and energetic with plenty of potential to reach the highest standard in a game, Rajesh Sunuwar from Bhujee-4,Barmaali Tol,Ramechhap. बिक्रम सम्बत् २०५४ मा जन्मिनु भएको राजेश सानैदेखी फूटबल खेल्प्रती रुची भएको बताउछन।
ब्राजिलइअन डेविड लिउज को खेल मन्पराउने अनी PSG टीम को supporter भन्नुहुन्छ, लिखुभुजी रामेछाप उत्कृष्ट तिम हो मेरो लागि। Favourite No. 4 favour गर्ने Rajesh , Right Back is my best position हो भन्नुहुन्छ। लिभुराको अमर मगर खेल असाध्यै रुचाउने राजेशलाई J.P. Sunuwar Local Rising Future Star 2014 पाउदाको छेर्ण अविस्मरानीय लागेको वताउछन। सुरुमा आफ्नो नाम आउँदा पत्त्यौनु नै सकिन,यो पाएर केही गरौ अझै अनी अरुलाई पनि हरेश नखाइ कोशीस गर्नुपर्छ भन्नु चाहन्छु। फूटबल नै उत्कृष्ट खेल लाग्छ अनी भुजी लिग 2014 best बर्ष हो मेरो लागि भने BL15 चाँही दु:ख लाग्दो। किन भनी प्रश्न गर्दा भन्नुहुन्छ; दीपक सुनुवारको नेत्रीत्तो मा खेल उत्कृष्ट थियो अनि J.P. Sunuwar Local Rising Future Star Award पाउदा खुशीको सीमा नै रहेन।
I AM FOOTBALL CRAZY
नया पिडिको लागि एउटा उत्साहा अनि प्रोत्साहान मिलोस जसको सदुपयोग गर्दै भविष्यमा केहि सुमार्गको बाटो खुलोस भन्ने हेतुले लिखुभुजी युवा क्लबले जय प्रकाश सुनुवार Local Rising Future Star को स्थापना गरेको 2013 मा | भुजी निवासी भू पु कप्तान जय प्रकाश सुनुवार हाल UK बसोबास हुनुहुन्छ | विदेशमा रहेर पनि आफु जन्मेको गाउलाई सधै सरसहयोग गर्दै एक अग्ग्राज को सहि उधरहण बन्नु भएको छ |
हरेक साल रुपैयाँ ५००० सौजन्य स्वरुप प्रदान गरिने यो पुरस्कार हात पर्नु सफल हुने सुरेश सुनुवार आज हामि संग भन्नु हुन्छ "फूटबल क्रेजी म्यान हुँ" |
मिति १६/०७/२०५३ भुजी -४, रामेछापमा जन्मेर हाल ११ मा पढिरहनु भएको युवा खेलाडीलाई First J P Sunuwar Local Rising Star पाउँदाको समय कस्तो लग्यो भन्दा ?
सुरेश - धेरै धेरै खुसी लागेको छ, next years miss गरेकोमा दुखि पनि छु |युवाहरुलाई नियमित training गर्नु अनि दाई हरुले भनेको मान्नु पर्यो |
English Team Arsenal रुचाउने सुनुवार दाई बाट खेलमा प्रभावित बनेको बताउनु भयो | Joining Forces is the main aim for Suresh who currently plays for:
Likhu Bhujee Ramechhap Youth Club as a Goal Keeper.
